• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

थारु समुदायले टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउने

  •  नेपाल चौतारी
  • २०८२ पुष २८, सोमबार १६:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । थारु समुदायले पुस ३० गते र माघ १ गते काठमाडौँको टुँडिखेलमा ‘थारु राष्ट्रिय माघी महोत्सव २०८२’ मनाउने भएको छ ।

    सोमबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउन लागिएको थारु राष्ट्रिय माघी महोत्सव, मूल आयोजक समितिका संयोजक एवं थारु कल्याण कारिणीसभाका अध्यक्ष प्रेमिलाल चौधरीले जानकारी दिए ।

    उनले महोत्सव मूल समारोहको उद्घाटन प्रधानमन्त्री सुशीला कार्कीले गर्ने पनि जानकारी दिए ।

    महोत्सवले थारु संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्दै आन्तरिक एवं बाह्य पर्यटकलाई महोत्सवमा सहभागी गराई मुलुकको अर्थतन्त्रमा विकास गर्नमा सहयोग पुर्‍याउने लक्ष्य राखेको समेत उनको भनाइ छ ।

    उनका अनुसार झाँकी र्‍याली प्रदर्शन, मूल समुद्घाटन समारोह, विविध थारु सांस्कृतिक प्रस्तुति, थारु खानपिन प्रदर्शनी एवं विक्री, सीप हस्तकला, पुस्तक प्रदर्शनी एवं विक्री महोत्सवका मुख्य आकर्षण रहेका छन् ।

    महोत्सवमा थारु सांस्कृतिक नृत्य तथा गीत (मघौटा, सखिया, हुर्दगंवा, झुम्रा, छोक्रा, दिन्नचुवा, रागनी, बडोनाच, होरी, झर्रा, लठ्हवा, मुग्रंहवा नाच) सहित दुई दर्जनभन्दा धेरै सुन्दर नृत्य तथा गीतको प्रस्तुति रहने उनले बताए ।

    महोत्सवमा थारु जातिले माघीपर्वमा खाने विशेष खाना परिकार (ढिक्री, अन्डिक भात, विचरी, तिलको लड्डु, लाइमुरी, भुजा, बन्डी जाँडको झोल, दारू, केराको तरूवा, सखरखण्ड, खरिया, सुँगुर र बङ्गुरको मासु, परेवाको मासु, माछा, घोघी, गंगटो, सिधरा, मसुलार) समेत रहनेछन् ।

    थारु समुदायले माघीलाई नयाँ वर्षको रूपमा मनाउँदै आएको छ ।

    Post Views: 66
    प्रकाशित मिति: २०८२ पुष २८, सोमबार १६:१९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल
    चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट
    कृष्णभीरमा सडक खुलेसँगै एलपी ग्यासको मूल्य घट्यो, अब कति पर्छ?
    Advertisement
    ताजा अपडेट
    • १. एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

    • २. चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट

    • ३. कृष्णभीरमा सडक खुलेसँगै एलपी ग्यासको मूल्य घट्यो, अब कति पर्छ?

    • ४. शेखर र खड्का दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने

    • ५. अस्ट्रेलियामा आप्रवासनसम्बन्धी कडाइ,डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जान नपाइने

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ३. प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै, किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाटै पक्राउ

    • ४. सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित

    • ५. भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.