• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

रौतहटमा धान उत्पादन घट्यो

  •  नेपाल चौतारी
  • २०८२ पुष २९, मंगलवार ०७:०७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    रौतहट । गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको बाढीले रौतहटमा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन घटेको छ । भित्र्याउने बेलाको धान बालीमा वर्षाको बाढी पसेपछि रौतहटमा धानको उत्पादन घटेको हो ।

    गत वर्षको तुलनामा यस वर्ष रौतहटमा कूल २१ हजार ५७८ मेट्रिक टन धान उत्पादन घटेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख सुरेन्द्रप्रसाद कुर्मीले जानकारी दिए । उनका अनुसार गत वर्ष जिल्लामा एक लाख १६ हजार ७०८ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष ९५ हजार १३० मेट्रिक टन उत्पादन भएको छ ।

    यस वर्ष जिल्लामा ३१ हजार ५०० हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो भने प्रतिहेक्टर उत्पादन ३ दशमलव ०२ मेट्रिक टन रहेको निमित्त प्रमुख कुर्मीले जानकारी दिए । गत वर्ष रौतहटमा ३५ हजार आठ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । प्रतिहेक्टर उत्पादन ३ दशमलव २६ रहेको थियो । गत वर्षको तुलनामा यस वर्ष प्रतिहेक्टर धान उत्पादन ० दशमलव २४ प्रतिशतले घटेको छ । यस वर्ष कूल २१ हजार ५७८ मेट्रिक टन धान उत्पादन घटेको निमित्त प्रमुख कुर्मीले बताए ।

    समयमै वर्षा नहुँदा गत वर्षको तुलनामा यस वर्ष करिब चार हजार ३०० हेक्टर क्षेत्रफलमा कम धान रोपिएको कार्यालयले जनाएको छ । गत असोजमा आएको बाढीले १७ हजार ६३८ हेक्टर खेतमा लगाएको धान बालीमा क्षति पुर्‍याएको थियो । बकैया र बागमती नदीले तटबन्ध बगाएपछि बाढी खेतमा पस्दा धान बालीमा क्षति पुर्‍याएको हो । बाढीले सबैभन्दा बढी राजदेवी, परोहा, राजपुर, माधवनारायण, गढीमाई, इशनाथ, मौलापुर नगरपालिका र दुर्गा भगवती गाउँपालिकामा क्षति पुर्‍याएको थियो ।

    Post Views: 64
    प्रकाशित मिति: २०८२ पुष २९, मंगलवार ०७:०७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता
    एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल
    चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट
    Advertisement
    ताजा अपडेट
    • १. अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

    • २. एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

    • ३. चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट

    • ४. कृष्णभीरमा सडक खुलेसँगै एलपी ग्यासको मूल्य घट्यो, अब कति पर्छ?

    • ५. शेखर र खड्का दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ३. प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै, किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाटै पक्राउ

    • ४. सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित

    • ५. भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.