• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

तीन पुस्तादेखि टमाटर खेती: विदेशको विकल्प बनेको छ वीरेन्द्रको टमाटर व्यवसाय

  •  नेपाल चौतारी
  • २०८२ पुष २९, मंगलवार ०९:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बाँके । “मेरा दुई छोराहरू सात लाख रुपैयाँ ऋण झिकेर विदेश गए । उनीहरूलाई त्यो ऋण तिर्न दुई वर्ष लाग्यो । मैले पनि सात लाख नै ऋण झिकेर टमाटर खेती गरेँ । दुई महिनामै टमाटर बिक्री गरेर सबै ऋण तिरी सकेँ,” बाँकेको खजुरागाउँपालिका–२, सि गाउँका किसान वीरेन्द्रप्रसाद मुराउ भन्छन् “तर मेरा छोराहरूले अझै ऋण तिर्दै छन् ।”

    वीरेन्द्रको यो भनाइले वैदेशिक रोजगारी र स्वदेशमै गरिएको व्यावसायिक कृषिबीचको आर्थिक अन्तर स्पष्ट देखाउँछ । तीन पुस्तादेखि निरन्तर टमाटर खेती गर्दै आएको मुराउ परिवारले आज आधुनिक प्रणाली अपनाएर खेतीलाई आम्दानीको बलियो आधार बनाएको छ ।

    वीरेन्द्रले यस वर्ष चार बिघा जग्गामा व्यावसायिक रूपमा टमाटर खेती गरेका छन् । उनका अनुसार यसका लागि प्रारम्भिक लगानी करिब सात लाख रुपैयाँ पुगेको छ । “बीउ, मल, प्लास्टिक, सिँचाइ, मजदुरी र विषादीमा लगानी हुन्छ,” उनले भने, “तर बजार राम्रो भयो भने दुई–तीन महिनामै लगानी उठ्छ ।”

    मङ्सिरको पहिलो सातादेखि टमाटर टिप्न सुरु गरेको वीरेन्द्रले हालसम्म करिब एक सय क्विन्टल टमाटर बिक्री गरेर साढे छ लाख रुपैयाँभन्दा बढी आम्दानी गरिसकेका छन्। “अझै हजार क्विन्टलभन्दा बढी टमाटर टिप्न बाँकी छ,” उनले भने, “सबै बिक्री भयो भने यो वर्ष मात्रै ६० देखि ७० लाख रुपैयाँसम्मको कारोबार हुने अनुमान छ ।”

    यस वर्ष टमाटरको बजार मूल्य प्रतिकेजी ७० रुपैयाँसम्म पुगेकाले किसानलाई ठुलो राहत पुगेको छ । “भाउ राम्रो हुँदा किसानको मेहनतको मूल्य पाइएको महसुस हुन्छ,” वीरेन्द्रले भने । उत्पादन लागत घटाउन आधुनिक मल्चिङ प्रविधि प्रयोग गरिएको छ ।

    वीरेन्द्रका अनुसार टमाटर खेती कुनै नयाँ पेसा होइन । “०३६ सालदेखि बुबाले टमाटर खेती गर्दै आउनुभएको थियो । बुबाले परम्परागत तरिकाले टमाटर खेती गरेर नै तीन पुस्ताको परिवार चलाउनुभयो,” उनले भने, “अब समय परम्परा खेती गर्ने समय रहेन । त्यसैले मेले यो खेती गर्न सुरु गरेदेखि नै आधुनिक प्रविधिबाट गर्दै आइरहेको छु ।”

    बुबाको उमेर ढल्किएपछि विगत तीन वर्षदेखि वीरेन्द्रले खेतीलाई पूर्ण रूपमा सम्हाल्दै आएका छन्। “मैले आधुनिक प्रणाली अपनाएँ,” उनले भने, “त्यसपछि उत्पादन पनि बढ्यो, लागत घट्यो र आम्दानी उल्लेख्य भयो ।”

    गत वर्ष पनि वीरेन्द्रले पाँच लाख १० हजार रुपैयाँ ऋण लिएर टमाटर खेती गरेका थिए । “भदौमा लिएको ऋण दुई महिनामै तिरेँ,” उनले भने । टमाटर खेतीबाट भएको नाफाले उनले टमाटर ढुवानी र बिक्रीका लागि अटोसमेत खरिद गरेका छन् । “पहिले भाडाको साधन खोज्नुपर्थ्यो, अहिले आफ्नै साधन छ । मैले टमाटर ओसारपसार गरेर बिक्रीका लागि एउटा अटो किनेको छु,” उनको भनाइ छ ।

    टमाटर खेतीले केवल परिवारको आम्दानी बढाएको छैन, स्थानीय रोजगारी पनि सिर्जना गरेको छ । “यो खेतीमा १० देखि २० जनासम्म मजदुर चाहिन्छ,” वीरेन्द्रले भने, “दैनिक ज्यालामा काम पाउँदा गाउँकै मानिसलाई फाइदा पुगेको छ ।” सरकारबाट प्राप्त अनुदान र प्राविधिक सहयोगले खेतीलाई थप सहज बनाएको उनको भनाइ छ ।

    “प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सम्बन्धित निकायले मेरो खेतीको निरीक्षण गरेको थियो,” उनले भने । मल्चिङ सामग्री र खेत जोत्नका लागि रोटाभेटर उपलब्ध भए लागत अझै घट्ने उनको बुझाइ छ । वीरेन्द्रले सरकारको अनुदान सही सदुपयोग गर्न सके किसान आत्मनिर्भर बन्न सक्ने बत्ताउँछन्। “अनुदान दुरुपयोग होइन, उत्पादन बढाउनेतर्फ प्रयोग गर्नुपर्छ,” उनको सुझाव छ ।

    आफ्ना छोराहरू विदेश गएको सन्दर्भमा उनी भावुक हुँदै भन्छन्, “नेपालमा केही गर्न सकिँदैन भनेर उनीहरू गए । तर किन सकिँदैन रु. गरे आफ्नै नेपालमा, आफ्नै खेतबारीमा सुन फलाउन सकिन्छ ।”

    आगामी वर्ष वीरेन्द्रले टमाटर खेतीको क्षेत्रफल चार बिघाबाट बढाएर १० बिघा पुर्‍याउने लक्ष्य लिएका छन् । “दश बिघा खेती गर्दा दैनिक करिब २० जनालाई रोजगारी दिन सकिन्छ,” उनले भने । सुरुमा ऋण माग्दा नपत्याउनेहरुले हिजोआज आफूलाई ऋण दिन नहिच्किचाउने बताए । विदेशी रोजगारसँग तुलना गर्दै उनी भन्छन् “विदेशमा चार लाख कमाउन एक वर्ष लाग्छ, तर टमाटर खेतीबाट मैले १० दिनमै पाँचदेखि छ लाख रुपैयाँ कमाएको छु ।”

    उनका अनुसार सरकारले आधुनिक खेती कार्यक्रम ल्याएपछि भारतबाट आयात हुने तरकारी घट्दै गएको छ । “टमाटर खेतीबाटै हाम्रो १०–१५ जनाको संयुक्त परिवार चलेको छ,” वीरेन्द्रले भने ।

    तीन पुस्तादेखि निरन्तर टमाटर खेती गर्दै आएको मुराउ परिवारको कथा आज बाँकेको मात्र होइन, देशभरका किसान र युवाका लागि आर्थिक आत्मनिर्भरताको प्रेरणादायी उदाहरण बनेको छ । मेहनत, योजना र सही लगानी भए खेतबारीमै भविष्य सुरक्षित गर्न सकिने सन्देश वीरेन्द्रको सफलताले दिएको छ ।

    Post Views: 74
    प्रकाशित मिति: २०८२ पुष २९, मंगलवार ०९:३१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता
    एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल
    चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट
    Advertisement
    ताजा अपडेट
    • १. अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

    • २. एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

    • ३. चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट

    • ४. कृष्णभीरमा सडक खुलेसँगै एलपी ग्यासको मूल्य घट्यो, अब कति पर्छ?

    • ५. शेखर र खड्का दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ३. प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै, किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाटै पक्राउ

    • ४. सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित

    • ५. भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.