• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

  •  नेपाल चौतारी
  • २०८२ पुष २९, मंगलवार १०:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    कञ्चनपुर । कृष्णपुर नगरपालिका-२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन संरक्षण र पर्यटन प्रवद्र्धनको सङ्गमस्थलका रूपमा विकास हुँदै गएको छ । वन संरक्षणलाई प्राथमिकतामा राख्दै यहाँ आन्तरिक पर्यटन प्रवर्द्धनका लागि विभिन्न पूर्वाधार निर्माण र सौन्दर्यकरणका काम सञ्चालन भइरहेका छन् ।

    सामुदायिक वनको कार्यालय परिसर तथा वनभित्र रहेका प्राकृतिक तालहरूलाई रंगीबिरंगी झन्डाले सजाइएको छ । यसले हरियाली वनसँगै तालहरूको प्राकृतिक सौन्दर्य अझै आकर्षक बनेको छ ।

    सामुदायिक वनका अध्यक्ष गोपाल भारतीका अनुसार करिब तीन हजार छ सय मिटर क्षेत्र झन्डाले सजाइएको छ । “वन र ताल अवलोकन गर्न आउने पर्यटकको सहजताका लागि बस्न मिल्ने बेन्च तथा खरले छाएका ससना आश्रय स्थल निर्माण गरेका छौँ,” अध्यक्ष भारतीले भने, “त्रिकेश्वर महादेव तालको वरिपरि २० र झरना तालको वरिपरि १० आश्रय स्थल निर्माण गर्ने योजना छ ।”

    उनका अनुसार हालसम्म ११ आश्रय स्थल निर्माण सम्पन्न भइसकेका छन् भने २० बेन्च राखिएका छन् । थप ३० बेन्च निर्माण भइरहेको छ । सामुदायिक वनभित्र रहेका दुवै तालमा डुंगा सञ्चालनको तयारी गरिएको छ । “दुवै तालमा दुई–दुई वटा डुंगा सञ्चालन गर्ने तयारी गरेका छौँ,” अध्यक्ष भारतीले भन्नुभयो, “डुंगा माग गरिसकेका छौँ, यसबाट पर्यटकहरूले डुंगा सयर गर्दै प्राकृतिक आनन्द लिन सक्नेछन् ।”

    त्यसैगरी, बालबालिका, युवापुस्ता र वयस्कलाई लक्षित गर्दै सामुदायिक वनभित्र झुला राख्ने तयारी पनि भइरहेको छ । झुला खरिदका लागि विभिन्न संघसंस्थासँग सहकार्य भइरहेको अध्यक्ष भारतीले जानकारी दिए । “लुम्बिनी विकास बैंकसँग सहकार्य गरेर तीन वटा झुला राख्ने योजना छ,” उनले भने ।

    सामुदायिक वनको कार्यालय परिसरमा गोलघर निर्माण भइसकेको छ भने प्रवेशद्वार (गेट) निर्माणको कार्य अगाडि बढाइएको छ । पिकनिक स्पट निर्माणको कामसमेत सुरु भइसकेको र माघ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको अध्यक्ष भारतीले बताए ।

    पर्यटन प्रवर्द्धनसँगै वन संरक्षणका गतिविधि पनि निरन्तर रूपमा सञ्चालन भइरहेको सामुदायिक वनका उपाध्यक्ष प्रकाशनाथ योगीले बताए । उनका अनुसार वनभित्र विभिन्न प्रजातिका बिरुवाको नर्सरी निर्माण गरिएको छ । “बाँसको नर्सरी निर्माण गरी बिरुवा रोपिसकेका छौँ भने विजयसाल र रक्तचन्दनको नर्सरी निर्माण भइरहेको छ,” उपाध्यक्ष योगीले भने ।

    सामुदायिक वनले उपभोक्तालाई आयआर्जनसँग जोड्ने उद्देश्यले विभिन्न कार्यक्रम पनि अघि सारेको छ । त्यसका लागि सालको टपरी तथा विजयसालका भाँडा बनाउने उपकरण समेत खरिद गरिएको छ । यसबाट स्थानीय उपभोक्ताको आम्दानी वृद्धि हुनाका साथै वन संरक्षणमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

    वन संरक्षण र पर्यटन प्रवर्द्धनलाई सँगसँगै अघि बढाउँदै ग्वलाबारी सामुदायिक वनलाई आन्तरिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिइएको सामुदायिक वन समितिले जनाएको छ ।

    Post Views: 64
    प्रकाशित मिति: २०८२ पुष २९, मंगलवार १०:५१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता
    एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल
    चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट
    Advertisement
    ताजा अपडेट
    • १. अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

    • २. एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

    • ३. चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट

    • ४. कृष्णभीरमा सडक खुलेसँगै एलपी ग्यासको मूल्य घट्यो, अब कति पर्छ?

    • ५. शेखर र खड्का दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ३. प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै, किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाटै पक्राउ

    • ४. सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित

    • ५. भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.