• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

‘वैधानिक रूपमा नयाँ नेतृत्व चयन गरेर निर्वाचन आयोग जान्छौँ’ : विश्वप्रकाश शर्मा

  •  नेपाल चौतारी
  • २०८२ पुष २९, मंगलवार २०:१४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सम्पूर्ण वैधानिक बन्दोबस्तका साथ निर्वाचन आयोगमा जाने बताएका छन्। मंगलबार काठमाडौँमा विशेष महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

    उनले नेतृत्व चयन गरिसकेपछि प्रतिनिधिहरू घर फर्किन मिल्ने भए पनि आफूहरू निर्वाचन आयोग जानुपर्ने स्थिति रहेको बताए। उनले निर्वाचन आयोगले विशेष महाधिवेशनले के म्याण्डेट लिएर आयो भनेर पर्खिरहेको हुने जिकिर गरे।

    उनले भने, ‘यहाँबाट नेतृत्व चयन गरिसकेपछि तपाईँहरू कतिपय घर फर्किँदा होला तर हामीलाई निर्वाचन आयोगले पर्खिरहेको हुन्छ। विशेष महाधिवेशनबाट कस्तो नेतृत्व चयन गर्‍यो। के निर्णय लिएर आयो भनेर पर्खिरहेको होला। हामीले निर्वाचन आयोग पनि पुग्नु छ। हामीले सम्पूर्ण वैधानिक बन्दोबस्तका साथ सबै कुरा गरिसकेको कुरालाई पुर्‍याउनु छ।’

    शर्माले आफूले उम्मेदवारी दिएको र जित्छु भन्ने विश्वास रहे पनि कतिपय अवस्थामा सर्वसम्मत रूपमा आउनुपर्ने स्थिति रहने बताए।

    उनले थपे, ‘तपाईँहरू कतिपय साथीलाई लाग्न सक्छ, मैले उम्मेदवारी दर्ता गरेको छु, मैले चुनाव लडेर मज्जैको मतले जित्न सक्छु भन्ने लाग्न सक्छ। तर तपाईंहरुलाई हामीले के भन्नुपर्ने हुनसक्छ भने उम्मेदवारी दर्ता त गर्नुभयो। सर्वसम्मत रूपमा आइदिनुस् भन्नुपर्ने हुनसक्छ।’

    महामन्त्री शर्माले अबको राजनीतिमा जुझारुपन लिएर जानुपर्ने बताए।

    Post Views: 98
    प्रकाशित मिति: २०८२ पुष २९, मंगलवार २०:१४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल
    चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट
    कृष्णभीरमा सडक खुलेसँगै एलपी ग्यासको मूल्य घट्यो, अब कति पर्छ?
    Advertisement
    ताजा अपडेट
    • १. एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

    • २. चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट

    • ३. कृष्णभीरमा सडक खुलेसँगै एलपी ग्यासको मूल्य घट्यो, अब कति पर्छ?

    • ४. शेखर र खड्का दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने

    • ५. अस्ट्रेलियामा आप्रवासनसम्बन्धी कडाइ,डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जान नपाइने

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ३. प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै, किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाटै पक्राउ

    • ४. सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित

    • ५. भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.