नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन् । आइतबारदेखि भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा थापाले सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन समितिका अनुसार सभापति पदमा थापाको मात्रै मनोनयन दर्ता भएको छ । केन्द्रीय समितिका अन्य सबै पदाधिकारीका लागि पनि मनोनयन दर्ता भइसकेको बताईएको छ ।
पार्टी विभाजन रोक्नका लागि भन्दै आज सभापति शेरबहादुर देउवासँग थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माबीच निश्कर्षविहिन संवाद भएको थियो । निर्वाचन समितिले मनोनयन दर्ताको समय थप गरि सवा एघार बजे पुर्याईएको थियो ।निर्वाचन समितिका अनुसार भोटिङ हुने पदहरूमा विद्युतीय मतदान हुनेछ ।






