• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

इजरायलमा इरानी हमला : ८८ घाइते, संकटकाल घोषणा

  •  नेपाल चौतारी
  • २०८२ चैत्र ८, आईतवार ०८:३३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । इजरायलको दक्षिणी सहर अरादमा भएको इरानी मिसाइल हमलाले भयावह रूप लिएको छ । स्थानीय दमकल विभागका अनुसार, मिसाइल सहरको बीचभागमा खसेको थियो, जसका कारण सिटी सेन्टर र आसपासका आवासीय क्षेत्रमा ठूलो क्षति पुगेको छ । घटनास्थलमा उद्धार र राहत कार्य जारी छ ।

    आक्रमणपछि इजरायल सरकारले अरादमा संकटकाल घोषणा गरेको छ । सञ्चारमाध्यमका अनुसार, यस हमलामा कम्तीमा ८८ जना घाइते भएका छन् । इजरायली आपत्कालीन सेवाले घाइतेहरूको उपचार भइरहेको र एक पाँच वर्षीया बालिकाको अवस्था गम्भीर रहेको जनाएको छ । मिसाइल बाक्लो बस्ती भएको इलाकामा खसेकाले धेरै भवनहरू ध्वस्त भएका छन् । स्थानीय प्रशासनले सबै नागरिकलाई सुरक्षित स्थानमा रहन अपिल गरेको छ ।

    इरानको दाबी : इजरायलको आकाश सुरक्षित छैन

    इरानी संसद्का सभामुख मोहम्मद–बाकर गालिबाफले सामाजिक सञ्जाल एक्समार्फत डिमोनामा हालै भएका मिसाइल हमलाहरूले इजरायलको हवाई सुरक्षा प्रणाली कमजोर हुँदै गएको प्रमाणित गरेको बताएका छन् । उनले अब इजरायलको आकाश सुरक्षित नरहेको र युद्ध नयाँ चरणमा प्रवेश गरेको दाबी गरेका छन् ।

    यसैबीच इजरायली स्वास्थ्य मन्त्रालयका अनुसार, युद्ध सुरु भएयता इजरायलमा चार हजार २९२ भन्दा बढी मानिस घाइते भई अस्पताल पुगिसकेका छन् ।

    हिजबुल्लाहको दाबी

    यसैबीच लेबनानी सशस्त्र समूह हिजबुल्लाहले उसका लडाकुहरूले सीमानजिकै इजरायली सैनिक र सैन्य सवारीसाधनहरूलाई निसाना बनाएको दाबी गरेका छन् । संगठनका अनुसार, मार्काबा इलाकामा गस्ती गरिरहेका सैनिकहरूमाथि रकेट प्रहार गरिएको छ । यसका साथै अल अदाइसेह सीमा क्षेत्रमा पनि इजरायली सैनिक र सवारी साधनहरूमाथि हमला गरिएको हिजबुल्लाहले जनाएको छ ।

    ट्रम्पको ४८ घण्टे अल्टिमेटम

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लिएर कडा चेतावनी जारी गरेका छन् । आफ्नो सोसल मिडिया प्लेटफर्म ’ट्रुथ सोसल’ मा पोस्ट गर्दै उनले भने, “यदि इरानले ४८ घण्टाभित्र हर्मोज जलमार्ग बिनाकुनै सर्त पूर्ण रूपमा नखोले अमेरिकाले कडा सैन्य कारबाही गर्नेछ ।”

    ट्रम्पले यसो नभएमा अमेरिकाले इरानका पावर प्लान्टहरूलाई निसाना बनाउने र यो कारबाही सबैभन्दा ठूलो प्लान्टबाट सुरु हुने चेतावनी दिएका छन्

    Post Views: 151
    प्रकाशित मिति: २०८२ चैत्र ८, आईतवार ०८:३३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढी र पहिराेका कारण अवरुद्ध छन् यी राजमार्ग
    भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता
    मनास्लु हिमाल आरोहण सुरु, ४६६ आरोहीले लिए अनुमति
    Advertisement
    ताजा अपडेट
    • १. नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

    • २. बाढी र पहिराेका कारण अवरुद्ध छन् यी राजमार्ग

    • ३. भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

    • ४. दुई गोलको अग्रता जोगाउन नसक्दा ईएफएल कपबाट बाहिरियो म्यानचेस्टर युनाइटेड

    • ५. अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.