• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

सीमा भन्सार शुल्क विवाद: कांग्रेसको कडा आपत्ति, निर्णय जनविरोधी भन्दै तत्काल सच्याउन सरकारलाई दबाब

  •  नेपाल चौतारी
  • २०८३ बैशाख ६, आईतवार १८:३६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं ।-नेपाली कांग्रेसले सीमावर्ती क्षेत्रमा १०० रुपैयाँभन्दा बढी मूल्यका घरायसी तथा व्यक्तिगत प्रयोगका वस्तुमा अनिवार्य भन्सार शुल्क लिने सरकारी निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    पार्टीले आइतबार एक विज्ञप्ति जारी गर्दै यस्तो निर्णय जनविरोधी, अव्यवहारिक र असंवेदनशील भएको उल्लेख गरेको छ। वर्तमान आर्थिक संकटका बीच यसले सर्वसाधारणमाथि थप बोझ थप्ने काम गरेको कांग्रेसको ठहर छ।

    खुला सीमाको अवस्थाका कारण सीमावर्ती क्षेत्रका नागरिकहरूले दैनिक उपभोग्य वस्तु भारतबाट सस्तो मूल्यमा ल्याएर जीवन निर्वाह गर्दै आएको उल्लेख गर्दै कांग्रेसले विशेषगरी मधेश प्रदेशका मजदुर, साना किसान तथा न्यून आय भएका परिवारहरू प्रत्यक्ष प्रभावित भएको जनाएको छ।

    त्यस्तै, डिजेलको मूल्य प्रतिलिटर २३७ रुपैयाँ पुगेको अवस्थामा सानो परिमाणको खरिदमै अतिरिक्त शुल्क लगाउनु जनताको क्रयशक्ति कमजोर पार्ने कदम भएको कांग्रेसले जनाएको छ। यस्तो नीतिले गरिबी झन् संस्थागत गर्ने चेतावनी समेत दिइएको छ।

    कांग्रेसले यस निर्णयले केही गम्भीर प्रश्नहरू उठाएको पनि बताएको छ— सानो परिमाणमा सामान ल्याउने नागरिकमाथि कडाइ गर्ने तर अन्य माध्यमबाट ठूलो परिमाणमा वस्तु भित्र्याउन सहजता दिनु न्यायोचित नभएको उल्लेख गरिएको छ।

    पार्टीका अनुसार यस्तो नीतिले विशेषगरी मधेशका नागरिकहरूमा राज्यप्रति भेदभावको अनुभूति बढाउने खतरा रहेको छ, जसले राष्ट्रिय एकता र सामाजिक न्यायमा नकारात्मक असर पार्न सक्छ।

    यसै सन्दर्भमा कांग्रेसले सरकारसमक्ष विभिन्न मागहरू अघि सारेको छ। जसअन्तर्गत उक्त निर्णय तत्काल फिर्ता लिन, दैनिक उपभोग्य वस्तुमा भन्सार दर घटाउन वा छुट दिन, मधेश प्रदेशका लागि राहत प्याकेज लागू गर्न तथा इन्धन मूल्य नियन्त्रणका लागि पारदर्शी प्रणाली अपनाउन आग्रह गरिएको छ।

    साथै, इन्धन आयातमा लाग्ने कर तथा शुल्क घटाई तत्काल राहत दिनुपर्ने माग पनि कांग्रेसले गरेको छ।पार्टीका प्रवक्ता देवराज चालिसे ले राजस्व संकलन राज्यको दायित्व भए पनि जनताको जीवनस्तर संरक्षण अझ ठूलो प्राथमिकता भएको उल्लेख गरेका छन्।

    कांग्रेसले अन्त्यमा सरकारसँग संवेदनशीलता, न्याय र व्यवहारिकताका आधारमा उक्त निर्णयमा तत्काल पुनर्विचार गर्न स्पष्ट आग्रह गरेको छ।

    Post Views: 52
    प्रकाशित मिति: २०८३ बैशाख ६, आईतवार १८:३६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सात बुँदे घोषणापत्र जारी गर्दै रेडपाण्डा-थार अन्तरराष्ट्रिय सम्मेलन सम्पन्न
    राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट
    हावाहुरी पीडित मुसहरलाई लहान नगरपालिकाको सहयोग
    Advertisement
    ताजा अपडेट
    • १. सात बुँदे घोषणापत्र जारी गर्दै रेडपाण्डा-थार अन्तरराष्ट्रिय सम्मेलन सम्पन्न

    • २. राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट

    • ३. हावाहुरी पीडित मुसहरलाई लहान नगरपालिकाको सहयोग

    • ४. रेल्वे सेवा ७९ करोड ऋणमा

    • ५. सीमा भन्सार शुल्क विवाद: कांग्रेसको कडा आपत्ति, निर्णय जनविरोधी भन्दै तत्काल सच्याउन सरकारलाई दबाब

    चर्चित
    • १. संसदीय समितिमा एमाले र नेकपाका उमेदवारलाई सघाउन कांग्रेसको ह्वीप

    • २. स्पष्टीकरण पार्टी एकताका लागि बाधक : डा. शशांक(वक्तव्यसहित)

    • ३. निजी विद्यालयमा १० प्रतिशत छात्रवृत्ति अनिवार्य, कार्यान्वयन नगरे कारबाही गर्न मन्त्रालयको निर्देशन

    • ४. एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको निर्देशन

    • ५. सर्वोच्चले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता,विशेष महाधिवेशन अनुमोदित

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.