• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

  •  नेपाल चौतारी
  • २०८३ असार २४, बुधबार ०८:५३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ, असार २४  गते ।  वरिष्ठ आख्यानकार तथा पत्रकार वसन्त पराजुलीद्वारा सिर्जित ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण प्रकाशित भएको छ ।

    शिखा बुक्स प्रालिले प्रकाशनमा ल्याएकोे सो पुस्तकको स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ, साहित्यकार जयदेव भट्टराई, मेनका चापागाईँलगायतले मंगलबार सार्वजनिक गर्नुभयो ।

    सो अवसरमा शिखा प्रकाशनका प्रबन्ध निर्देशक पुष्पराज पौडेलले ‘बखान’ उपन्यास आम पाठकमाझ सर्वाधिक रुचाइएको कृतिमध्ये एक भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “‘बखान’ उपन्यासको माग उच्च रहेको छ । स्वदेश तथा विदेशमा रहेका नेपाली भाषीको रोजाइमा कृति रहेको छ । ”

    उपन्यासमा चितवनको इतिहास, २००७ सालको बन्दीपुर क्रान्ति र २०१८ सालको भरतपुर क्रान्तिलाई तथ्यपरक तथा साहित्यिक शैलीमा सरल भाषामा सटिक मा प्रस्तुत गरिएको छ ।

    नेपालका पहिलो सहकारी अभियन्ता तथा समाजसेवी बखानसिंह गुरुङको जीवनसङ्घर्षलाई केन्द्रमा राखेर लेखिएको यस उपन्यासले चितवनको सामाजिक, राजनीतिक, सांस्कृतिक तथा ऐतिहासिक रूपान्तरणलाई आख्यानात्मक शैलीमा जीवन्त रूपमा चित्रण गरेको छ । साथै, देशमा भएका विभिन्न क्रान्तिका पृष्ठभूमिसँगै चितवनको बस्ती विकास र जैविक विविधता संरक्षणका विषयलाई पनि उजागर गरिएको छ ।

    श्रष्टा पराजुलीले ‘बखान’ पाठकमाझ सर्वाधिक रुचाइएको कृतिमध्ये एक भएकाले कृतिको दोस्रो संस्करण प्रकाशन  हुनु उपलब्धि र गौरव भएको बताउनुभयोे । उहाँले भन्नुभयो “म ‘बखान’ प्रति माया, विश्वास र निरन्तर साथ दिने सम्पूर्ण पाठकप्रति हार्दिक आभार तथा नमन गर्न चाहन्छु । अगामी दिनमा यस्तो माया पाइरहने अपेक्षा समेत गर्न चाहन्छु । ”

    पत्रकारितासँगै साहित्यक सृजनामा सक्रिय श्रष्टा पराजुलीका यसअघि ‘कुमाता’, ‘मोम्चो’ र ‘ड्रिमी आइज’ प्रकाशित भइसकेका छन् । ‘बखान’ भने ऐतिहासिक विषयवस्तुमा आधारित उहाँको चर्चित उपन्यासका रूपमा स्थापित भएको छ । उहाँ नेपाल पत्रकार महासङघ् चितवन जिल्ला शाखाको अध्यक्ष हुनुुहुन्छ । रासस

    Post Views: 82
    प्रकाशित मिति: २०८३ असार २४, बुधबार ०८:५३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‎गण्डकी प्राज्ञ सभा सदस्यमा गायत्री मनोनित (विस्तृत परिचयसहित)
    ‘साहित्यले मानव सरोकारलाई स्थानीय वास्तविकतासँग जोड्न प्रयास गरेको छ’
    व्यवसायी गोल्छालाई २४ घण्टाभित्र सर्वोच्चमा अदालत उपस्थित गराउन आदेश
    Advertisement
    ताजा अपडेट
    • १. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • २. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ३. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ४. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    • ५. चिलिमे हाइड्रोको सुरुङमा चार वटा शव फेला

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. बाढीको त्रासबिच आशाको उडान भर्ने क्याप्टेन प्रिया अधिकारी

    • ५. सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.