नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको सातौँ अधिवेशनबाट भजिन्द्र क्षेत्री सभापतिमा निर्वाचित भएका छन्। नेपाली कांग्रेसका उपसभापति पुष्पा भुषालको उपस्थितीमा भएको अधिवेशनबाट क्षेत्री सभापतिमा निर्वाचित भएका हुन् ।
निर्वाचन परिणामअनुसार क्षेत्रीले ८५ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी लक्ष्मण दाहालले ७० मत प्राप्त गरेका छन्।
सभापतिमा निर्वाचित क्षेत्रीलाई संगठन चलायमान बनाउन र लोकतान्त्रिक तथा पारदर्शी ढंगबाट नेपाली जनसम्पर्क समितिलाई अगाडि बढाउन सक्ने चलायमान नेतृत्वको रुपमा हेरिहेको छ । निर्वाचन सम्पन्न भएसँगै नयाँ नेतृत्वको कार्यकालप्रति सदस्यहरूमा उत्साह देखिएको छ।
समितिको उपसभापतिमा खेमराज देवकोटा र सागर माङ्मु, महामन्त्रीमा डा. केशव थापा र रविप्रताप घिसिङ, सहमहामन्त्रीमा बिजय लामिछाने र शिवराज केसी निर्वाचित भएका छन् । त्यसैगरि नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा नबराज सिवाकोटी , गिरीराज कुँवर, डा. संगिता कार्की, बिपिन गुरुङ, डा टिकाराम अर्थाल, जित बहादुर कुंबर निर्वाचित भएका छन् ।







