• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

सबैले देखे बुझेका शशांक र सबैले नदेखेका नबुझेका शशांक

  •  नेपाल चौतारी
  • २०८३ श्रावण २०, बुधबार १०:३२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपालको राजनीतिमा कोइराला परिवारको ठूलो योगदान छ । १ सय ४ वर्षे राणा शासनलाई चुनौती दिने कृष्णप्रसाद कोइरालाको परिवारको तेस्रो पुस्ता अहिले नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् । कोइराला परिवारका सबै सदस्यका आ– आफ्नै बिशेषता छन् । वीपी कोइरालामा बिचार बहस गर्ने, संगठनमा पकड राख्ने लगायतका धेरै अदभूत क्षमता थियो । गिरिजाप्रसाद कोइराला छोटो बोल्ने तर महत्वपूर्ण कुरा बोल्ने, आफ्नो अडानबाट टसमस नहुने, कुनै पनि विषयमा आफू निर्णयमा पुगेर त्यो निर्णयलाई अनुमोदन गराउने गर्दथे । सुशील कोइरालामा पनि अजबको क्षमता थियो । सुशील कोइरालामा भाषण धेरै गर्ने र भाषणमा वाक पटुता थिएन् । तर संगठनमा पकड र धेरैका कुरा सुनेर निर्णय गर्ने क्षमता थियो ।

    यस्तै कोइराला परिवारका सदस्य बीपी पुत्र डा शशांकमा पनि देखिने क्षमतासँगै केहि नदेखिने विषेशता पनि छन् । सोझो सामान्य इमान्दार अनि मुसुक्क मुस्कुराएर कार्यकर्तासँग के छ भनेर सोध्ने डा शशांकका विशेषता हुन् । उनी पनि गिरिजाप्रसाद र सुशील कोइराला जस्तै धेरै लामो बोल्दैनन् । तर आफूले बोलेको कुरामा भने अडान राखिराख्छन् । धार्मिक स्वतन्त्रताको विषय, निर्वाचन खर्चको विषय, भ्रष्टचारको विषयमा जुन उनले बोलेका थिए । ती विषयमा शशांक कहि कतै बदलिएका छैनन् । यी त सबैले सधै भेटेका शशांकमा देखेका गुण भए ।
    यी भन्दा पनि सबैले नदेखेका शशांक नजिकबाट विश्लेषण गर्दा भेटिन्छन् । पार्टी नेतृत्त, र पार्टी संचालनका विधि र पार्टीको बिचार निर्माणबारे उनको दृष्टिकोण सबैले देख्नेगरि बाहिर आएको छैन् । उनको बुझाईमा लिडरसिप भनेको आफैँमा सुपर व्यक्तित्व मात्र हैन, विचारहरुको संयोजन र त्यसलाई दिशानिर्देश गर्ने र सबैलाई मिलाएर अघि बढ्ने समन्वयकारी भूमिका पनि हो । उनले पार्टी सञ्चालनको विधि बदल्ने, सदियौँदेखि अन्यायमा परेको वर्गपहिचान गर्ने र सबैलाई सम्मानपूर्ण अवस्थाको विकास गर्ने नयाँ नेतृत्वको कार्यभार आत्मसाथ गर्ने गरेका छन् ।

    जहाँसम्म विचार निर्माणको कुुरा छ त्यसमा बीपीभन्दा अगाडि जानुपर्ने आवश्यकता उनले अहिलेसम्म देखेका छैनन् । बीपीले आमनागरिकको जुन स्तर निर्माण गर्ने भन्नुभएको थियो, त्यहाँ अहिलेसम्म पुग्नै नसकिएको डा शशांकको बुझाई छ । बीपीले आफ्नो नियमित काम गरेर एकघण्टा पार्टीका लागि काम गर्नुस् भन्ने गर्दथे । अहिले होलटाइम पार्टीमा काम गर्ने अभ्यास बढिरहेकोप्रति पनि डा शशांक खुशी छैनन् । उनले राजनीति पेशा हुन नसक्ने भन्दै आफ्नो पेशा गरेर राजनीतिमा काम गरेमात्र भ्रष्टाचार नियन्त्रण सम्भव तर्क गर्ने गर्दछन् ।

    यति मात्र होइन् शशांकको फरक र व्यवहारिक सोच पनि आम नेता कार्यकर्ताहरूमा पुग्न सकको छैन् । उनीमा अलि फरक र व्यवहारिक सोच पनि देखिन्छ । १४ औं महाधिवेशनमा सभापतिमा दाबि प्रस्तुत गरिररहेका उनले तत्कालिन वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा उठ्न चाहेको बताए तर अन्तिम अवस्थामा पौडेलका लागि दाबी छाडे । तर, पौडेल सभापतिमा उठेनन् । शायद रामचन्द्र पौडेलले पनि १४ औं महाधिवेशनको मनोनयनको दिन आफू निर्वाचन प्रक्रियामा सहभागि नहुने भन्ने निर्णयमा पुग्नु अघि शशांकलाई फोन गरेर सभापतिको उमेदवार बन्ने भनेका थिए । तर उनी रामचन्द्र सभापतिको उमेदवार बनाउनुपर्छ भन्ने अडानमा रहे प्रकाशमान सिंह र डा.शेखर कोइराला जब सभापतिका लागि उठे उनी डा शेखर र प्रकाशमानका लािग बाधक बनेनन् ।

    सभापति शेरबहादुर देउवाले आफ्नो टिमबाट उपसभापतिमा उठ्न गरेको आग्रहलाई न स्वीकार गरे, न त आफूभन्दा अग्रज पौडेललाई सम्मान गर्न नै चुके । न त दाजु शेखर र मित्र प्रकाशमानको चाहनामा ठेस पु¥याए, न युवाहरुको मन दुखाए । मुसुक्क मुस्कुराउँदै मात्र नेपाली कांग्रेस केन्द्रीय सदस्य उमेदवारी दिएर देशभरका कांग्रेसजनलाई राजनीति पद प्राप्तिका लागि मात्र होइन, राजनीति त्याग र समर्पणका लागि र पद माथि तल हुन्न, जिम्मेवारीमा रहेर सेवा गर्ने हो भन्ने सन्देश दिए ।

    यस स्थितिमा कांग्रेससँगको गुमेको जनविश्वास फिर्ता गर्न र नेपाली कांग्रेसलाई सिंगो राख्न शशांकको असल र इमानदार व्यक्तित्व नेतृत्वका लागि उपयोगी हुन सक्छ । नेपाली समाजले अहिले राजनीतिमा इमानदार र असल व्यक्ति नै खोजेको छ । तर, असर र इमानदार हुँदैमा राजनीतिमा पुग्दैन । दूरदृष्टि चाहिन्छ । जनपक्षीय सोच हुनुपर्छ । । एकपटक चिनेको मानिसलाई शशांक हत्तपत्त भुल्दैनन् । सबैले बुझ्ने भाषामा आफ्ना कुरा राख्नसक्ने भएकाले देशभरका कार्यकर्तासँग घुलमिल हुन पनि उनलाई समस्या छैन ।

    डा शशांक मुलुकको समृद्धिलाई अगाडि बढाउने विषयमा पनि आफ्नै खालको धारणा छ । व्यक्तिगत कुराकानीमा शशांक आर्थिक वृद्धि, समृद्धी कसरी आउँछ भन्ने जानकार देखिन्छन् । अर्थ, व्यापार, आर्थिक विकासका बारेमा पनि उदार चिन्तन उनीमा छ । यस्तै शशांकमा बीपी कोइरालाले २०१५ सालमा एक हल गोरु, दूध दिने गाई, काम गरेर खानपुग्ने जमिनसहित सबै नेपालीलाई आर्थिकरुपमा मध्यमवर्गमा पु¥याउने धोको अझै पनि देखिन्छ । यो वीपीको सपना पूर्ण रुपमा पूरा नभएको कहि कतै शशांकको मनमा लागिरेको जस्तो देखिन्छ । अहिले पनि कांग्रेस नेता कार्यकर्ताले पटकपटक बीपीको सपना पूरा गर्ने कुरा गर्छन् । शशांकले बीपीको ‘भिजन’ पक्कै बुझेका छन् । अहिलेको सन्दर्भमा बीपीको कल्पना साकार गर्नसक्ने व्यक्ति उनै शशांक हुन सक्छन् । शशांकको ‘भिजन’लाई नेपाली जनताले विश्वास गर्ने आधार पनि छ । अरुले त होइन बीपीकै छोराले बीपीको कल्पना साकार पार्ने विश्वास गर्न सक्छ भन्ने आम नागरिकलाई बुझाउन सकेपछि नेपाली कांग्रेसको पुर्नताजकी अवश्य संभव छ ।

    Post Views: 280
    प्रकाशित मिति: २०८३ श्रावण २०, बुधबार १०:३२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    चिलिमे हाइड्रोको सुरुङमा चार वटा शव फेला
    Advertisement
    ताजा अपडेट
    • १. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • २. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ३. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ४. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    • ५. चिलिमे हाइड्रोको सुरुङमा चार वटा शव फेला

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. बाढीको त्रासबिच आशाको उडान भर्ने क्याप्टेन प्रिया अधिकारी

    • ५. सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.