• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

बाढि प्रभावितहरुलाई गौशाला नगरपालिकाको १० लाख रुपैया सहयोग

  •  नेपाल चौतारी
  • २०८३ भाद्र ११, बिहीबार १७:३३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    ‎महोत्तरीको गौशाला नगरपालिकाले बुधबार आएको बाढीबाट प्रभावितहरुलाई १० लाख रुपैयाँ सहयो गरेको छ । नगरपालिकाले एक प्रेस विज्ञप्ति जारी गर्दै नगरपालिकाको तर्फबाट प्रधानमन्त्री राहतकोषमा तत्काल रू. १० लाख रुपैया जम्मा गरिएको जनाएको हो ।

    अहिलेको  कठिन परिस्थितिमा विपद् प्रभावित क्षेत्रका नागरिकहरूको पीडामा मलम लगाउन नेपाल सरकारबाट गरिने सबै प्रकारका प्रयासहरूमा गौशाला नगरपालिकाले साथ र सहयोग रहने प्रतिबद्धता पनि ब्यक्त गरेको छ ।

    ‎बुधबार भोटेकोशी नदीमा आकस्मात आएको बाढीको कारण रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका जिल्लाहरूमा भएको ठूलो जन-धनको क्षतिप्रति दुःख व्यक्त गर्दै नगरपालिकाले नेपाल सरकारद्वारा गरिने खोज, राहत र उद्दारका कार्यहरूमा आवश्यक पर्ने सम्पूर्ण सहयोग पुर्याउन तत्पर रहेको स्पष्ट पारेको छ ।

    ‎”विशेष गरी विपद्‌को समयमा थप जोखिममा पर्ने गर्भवती तथा सुत्केरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई पहिलो प्राथमिकतामा राखी उद्दार र पुनर्स्थापनाको व्यवस्था मिलाउन सम्बन्धित सबै पक्षको विशेष ध्यानाकर्षण गराउन चाहन्छु। ” नगरप्रमुख डा. दिपेन्द्र महतोद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

    हालको मौसमी प्रतिकूलता र सम्भावित विपद्‌को जोखिमलाई मध्यनजर गर्दै हाम्रो गौशाला नगरपालिका क्षेत्रभित्रका नदी तथा खोला किनार आसपास बसोबास गर्ने  नगरवासीहरुलाई उच्च सतर्कता अपनाउन, सम्भावित बाढी वा डुबानको जोखिमप्रति सजग रहन पनि नगरपालिकाले अनुरोध गरेको छ ।

    Post Views: 390
    प्रकाशित मिति: २०८३ भाद्र ११, बिहीबार १७:३३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए
    Advertisement
    ताजा अपडेट
    • १. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • २. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ३. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ४. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    • ५. चिलिमे हाइड्रोको सुरुङमा चार वटा शव फेला

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. बाढीको त्रासबिच आशाको उडान भर्ने क्याप्टेन प्रिया अधिकारी

    • ५. सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.