• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

बीपी राजमार्गमा आवागमन बन्द

  •  नेपाल चौतारी
  • २०८३ बैशाख १३, आईतवार ०७:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । वर्षाका कारण रोशी खोलामा आएको बाढीले बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डको चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, कालढुंगा, माम्ती र सिन्धुलीको आँपघारीमा अस्थायी डाइभर्सन बगाएको छ। अहिले यस क्षेत्रको राजमार्गमा यातायात आवागम पूर्ण रुपमा अवरुद्ध भएको छ।

    शनिबार दिउँसोको वर्षाका कारण बीपी राजमार्गको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले आवागमन बन्द गराएको थियो । जिल्ला प्रहरी कार्यालय धुलिखेलले राजमार्गन्गर्तत काभ्रेको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मङ्गलटार सडकखण्ड दिउँसो ३ः३० बजेदेखि बन्द गराएको हो ।

    वर्षाका कारण रोशी खोलामा ठूलो बाढी आएकाले सम्भावित जोखिम नहोस् भन्ने हेतुले आवागमन बन्द गराइएको कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन विष्टले जानकारी दिए । उनका अनुसार राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधरणलाई अनुरोध गरिएको छ भने अर्को सूचना जारी नभएसम्म सो खण्डमा यात्रा नगर्न अपीलसमेत गरिएको छ ।

    वर्षाका कारण रोशी खोलामा पानीको वहाव बढ्दा राजमार्गमा यसअघि निर्माण गरिएको अस्थायी डाइभर्सन बगाउने गरेको थियो । गतसालको बाढीपहिरोले रागमार्गको रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किमी सडक बगाएपछि डाइभर्सन निर्माण गरी आवागमन भइरहेको थियो । यस्तै गत चैत तेस्रो साता पनि सोही क्षेत्रको विभिन्न स्थानको ४ किमी बगाएपछि पुनः अस्थायी डाइभर्सन निर्माण गरिएको थियो ।

    यसैबीच राजमर्गा अबरुद्ध भएपछि सवारी साधनहरूलाई अहिले राजमार्गको प्रवेशमार्ग धुलिखेलको काभ्रेभन्ज्याङ र सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गरेर राखिएको जनाइएको छ । गतसाल असोजको बाढीपहिरोले चौकीडाँडा–नेपालथोक सडकखण्ड पूर्णरूपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक एवम् डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन गर्दै आइएको थियो । हाल क्त क्षेत्रमा स्थायी सडक निर्माण भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

    Post Views: 49
    प्रकाशित मिति: २०८३ बैशाख १३, आईतवार ०७:३५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आयोजित डिनर कार्यक्रममा गोली चल्यो
    मनोहराको सुकुमबासी बस्ती आज हटाइँदै
    १२ दिनमा ४२२ विपद्का घटना
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आयोजित डिनर कार्यक्रममा गोली चल्यो

    • २. मनोहराको सुकुमबासी बस्ती आज हटाइँदै

    • ३. बीपी राजमार्गमा आवागमन बन्द

    • ४. १२ दिनमा ४२२ विपद्का घटना

    • ५. बारा र पर्साका सीमानाकाबाट क्वारेन्टिनबिनै तरकारी आयात

    चर्चित
    • १. गगनलाई केदार कार्कीको प्रश्न : भृकुटी मण्डपमा हामी सबैले देखेको त्यो सर्वगुण सम्पन्न अद्भुत शक्ति खोइ सभापति ज्यू ?

    • २. एमाले संसदीय दलको प्रमुख सचेतकमा ऐन महर नियुक्त

    • ३. इन्धनको मूल्यवृद्धिले चितवनका १२५ ठेक्का रोकिन सक्ने

    • ४. थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो

    • ५. टी–२० आई सिरिज : कुशल भुर्तेलको विष्फोटिङ ब्याटिङमा नेपालले यूएईलाई हरायो ८ विकेटले हरायो

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.