• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

मनोहराको सुकुमबासी बस्ती आज हटाइँदै

  •  नेपाल चौतारी
  • २०८३ बैशाख १३, आईतवार ०७:३९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सरकारले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-९ स्थित मनोहरा सुकुमवासी बस्तीमा आज डोजर चलाउने तयारी गरेको छ।

    शनिबार साँझ बस्तीका संरचना भत्काउँदा स्थानीयले ढुंगामुढा प्रहार गरेपछि त्यहाँ संरचना भत्काउने काम रोकिएको थियो। ढुंगा प्रहारबाट केही प्रहरीसमेत घाइते भएका छन्।

    सरकारले काठमाडौँका नदी किनारका सुकुमवासी बस्ती हटाउने क्रम शनिबार बिहानबाट सुरु गरेको हो।

    सरकारले काठमाडौँ महानगरपालिका-११ थापाथली, काठमाडौँ-९ गैरीगाउँ र काठमाडौँ-३१ स्थित शान्तिनगरमा शनिबार डोजर चलाएर बस्ती हटाइएको छ। थापाथली, गैरीगाउँ र शान्तिनगरका बस्ती सहजै भत्काइए पनि मनोहराका स्थानीयले भने ढुंगा प्रहार गरेका हुन्।

    आइतबार बिहानदेखि मनोहरामा डोजर चलाएर बस्ती हटाइने प्रहरीले जनाएको छ। मनोहरा बस्तीमा केही पक्की घर पनि छन्। पक्की घर डोजरले भत्काउन थालेपछि स्थानीय बासिन्दाले प्रतिकार गरेका हुन्।

    थापाथली, गैरीगाउँ क्षेत्रमा भने डोजर चल्न थालेपछि बस्तीका बासिन्दा सामान सार्दै घरबाट निस्केका थिए।

    सरकारले काठमाडौँको नदी किनारका पाँच वटा बस्ती खाली गरिने जनाएको छ।

    काठमाडौँ उपत्यका विकास प्राधिकरणको तथ्याङ्कअनुसार, शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी ८७१ घरधुरी रहेका छन्।

    काठमाडौँ उपत्यका विकास प्राधिकरणको तथ्याङ्क अनुसार शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी कुल ८७१ अनधिकृत घरधुरी रहेका छन्।

    अतिक्रमित क्षेत्रमा बसोबास गरिरहेकाहरूले पनि सरकारको कदममा सहयोग गरेको दाबी सरकारले गरेको छ। थापाथलीमा शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा बस्ती खाली गरिएको प्रधानमन्त्री बालेन शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहले जानकारी दिए।

    थापाथलीमा बसोबास गरिरहेका ६८ परिवार सरकारको सम्पर्कमा आएका छन् भने अन्य स्थानबाट पनि सम्पर्कमा आउने क्रम जारी छ।

    वास्तविक सुकुम्बासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका वडा नम्बर १ स्थित सरकारी अपार्टमेन्टमा राखिने सरकारले जनाएको छ। त्यसलगत्तै उनीहरूको दीर्घकालीन व्यवस्थापनको काम सुरु गरिने शाहले बताए।

    Post Views: 45
    प्रकाशित मिति: २०८३ बैशाख १३, आईतवार ०७:३९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आयोजित डिनर कार्यक्रममा गोली चल्यो
    बीपी राजमार्गमा आवागमन बन्द
    १२ दिनमा ४२२ विपद्का घटना
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आयोजित डिनर कार्यक्रममा गोली चल्यो

    • २. मनोहराको सुकुमबासी बस्ती आज हटाइँदै

    • ३. बीपी राजमार्गमा आवागमन बन्द

    • ४. १२ दिनमा ४२२ विपद्का घटना

    • ५. बारा र पर्साका सीमानाकाबाट क्वारेन्टिनबिनै तरकारी आयात

    चर्चित
    • १. गगनलाई केदार कार्कीको प्रश्न : भृकुटी मण्डपमा हामी सबैले देखेको त्यो सर्वगुण सम्पन्न अद्भुत शक्ति खोइ सभापति ज्यू ?

    • २. एमाले संसदीय दलको प्रमुख सचेतकमा ऐन महर नियुक्त

    • ३. इन्धनको मूल्यवृद्धिले चितवनका १२५ ठेक्का रोकिन सक्ने

    • ४. थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो

    • ५. टी–२० आई सिरिज : कुशल भुर्तेलको विष्फोटिङ ब्याटिङमा नेपालले यूएईलाई हरायो ८ विकेटले हरायो

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.