• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

रोल्पा जिप दुर्घटना: गृह मन्त्रालयद्वारा छानबिन समिति गठन, ३ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन

  •  नेपाल चौतारी
  • २०८३ बैशाख १७, बिहीबार २२:०२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । रोल्पाको थवाङ गाउँपालिका-१ सल्यापस्थित कच्ची सडक खण्डमा आज दिउँसो भएको जिप दुर्घटनाको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले चार सदस्यीय समिति गठन गरेको छ।

    मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले जारी गरेको विज्ञप्तिअनुसार सचिवस्तरीय निर्णयबाट लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी उपरीक्षक यादव ढकालको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिलाई घटनाको सत्य तथ्य अध्ययन गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी तोकिएको मन्त्रालयले जनाएको छ।

    समितिमा जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक, सशस्त्र प्रहरी बल रोल्पाका सशस्त्र प्रहरी नायब उपरीक्षक तथा जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रशासकीय अधिकृत सदस्य रहेका छन्।

    गृह मन्त्रालयले समितिलाई दुर्घटना हुनुका कारण, सम्भावित लापरवाही वा कमजोरीको पहिचान गर्न तथा आगामी दिनमा यस्ता घटना न्यूनीकरणका लागि आवश्यक सुझाव पेश गर्न कार्यादेश दिएको छ।

    रुकुमबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको जिप दिउँसो करिब २:५० बजे कच्ची सडकबाट करिब ८ सय मिटर तल खस्दा २० जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। दुर्घटनापछि उद्धार तथा आवश्यक समन्वय कार्य जारी रहेको सम्बन्धित निकायले जनाएका छन्।

    Post Views: 41
    प्रकाशित मिति: २०८३ बैशाख १७, बिहीबार २२:०२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एक महिनामै ४१७ बिचौलिया पक्राउ, १२१ विरुद्ध मुद्दा दर्ता
    राष्ट्रपति पौडेलले जारी गरे सार्वजनिक खरिदसम्बन्धी अध्यादेश राष्ट्रपति पौडेलले जारी गरे सार्वजनिक खरिदसम्बन्धी अध्यादेश
    रोल्पा जिप दुर्घटना अपडेट : मृतकको संख्या २० पुग्यो
    Advertisement
    ताजा अपडेट
    • १. सार्वजनिक बिदामा पनि ओपिडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

    • २. रोल्पा जिप दुर्घटना: गृह मन्त्रालयद्वारा छानबिन समिति गठन, ३ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन

    • ३. एक महिनामै ४१७ बिचौलिया पक्राउ, १२१ विरुद्ध मुद्दा दर्ता

    • ४. राष्ट्रपति पौडेलले जारी गरे सार्वजनिक खरिदसम्बन्धी अध्यादेश

    • ५. रोल्पा जिप दुर्घटना अपडेट : मृतकको संख्या २० पुग्यो

    चर्चित
    • १. गगनलाई केदार कार्कीको प्रश्न : भृकुटी मण्डपमा हामी सबैले देखेको त्यो सर्वगुण सम्पन्न अद्भुत शक्ति खोइ सभापति ज्यू ?

    • २. एमाले संसदीय दलको प्रमुख सचेतकमा ऐन महर नियुक्त

    • ३. थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो

    • ४. अधिवेशन रोकेर अध्यादेश ल्याउनु बहादुरी होईन–रास्वपा सांसद कार्की

    • ५. कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.